काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्ग आयोजनाका लागि पाँच अर्ब बजेट विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
चालु आवका लागि सरकारले ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको थियो ।














