Logo
Logo

रोटरीको रक्तदान



काठमाडौं । रोटरी क्लब अफ काठमाडौं बेष्ट कालिमाटीको चार्टर प्रिसिडेन्ट स्वर्गीय हिक्मतबहादुर मालीको सम्झनामा उक्त क्लबले गत शनिबार माली आयल स्टोर कालिमाटी चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

२०७२ सालदेखि निरन्तररुपमा सञ्चालित रक्तदान कार्यक्रम कोरोनाका कारण दुई वर्ष स्थगित भएको थियो । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा गत शनिबार सम्पन्न रक्तदान कार्यक्रममा नेपाली र विदेशी गरेर २३ जनाले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा सहभागीहरुलाई डिजिएन राजेन्द्रमान शेरचन र एजी नारायणकृष्ण खरेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो । आरसी काठमाडौैं बेष्टका सर्विस प्रोजेक्ट चियर राजेश कायस्थको संयोजनमा सम्पन्न उक्त रक्तदानका लागि माली आयल स्टोर्सले सहयोग उपलब्ध गराएको थियो ।

विगतका वर्षहरुमा रक्तदान कार्यक्रममा कालिमाटी तरकारी बजारका व्यापारी तथा कृषकहरुको ठूलो सहभागी हुने गरेको भए पनि यसपटक वर्षाका कारण कम सहभागी भए । आरसी काठमाडौं बेष्टका प्रिसिडेन्ट शारदाभक्त रञ्जितका अनुसार रक्तदान गर्नुपर्छ भन्ने सामाजिक चेतना जगाउन र रक्तदान गरेर बिरामीहरुको सेवा गर्ने उद्देश्यले रोटरी क्लबले हरेक वर्ष रक्तदान गर्दै आएको बताउनुभयो ।

प्रिसिडेन्ट रञ्जितका अनुसार आरसी बेष्टले रक्तदान, वृक्षरोपण, छात्रवृत्तिलगायत समुदायका लागि धेरै काम गरेको बताउनुभयो ।

गत वर्ष मात्र आरसी काठमाडौं बेष्टले विष्णुमति पुलदेखि सोल्टीमोडसम्म वृक्षरोपण गरेर ‘ग्रिन कालिमाटी’को अवधारणा अगाडि सारेको थियो । कोभिडका कारण अक्सिजन अभावले धेरैको अकालमा ज्यान गएको खबर बाहिर आउँदा अक्सिजनका लागि रुख रोप्नुपर्छ भन्ने जनचेतना जगाउन रोटरी क्लबले वृक्षरोपण गरेको थियो ।

कोभिड महामारीको समयमा पनि निःशुल्क भोजनदेखि मास्क, स्यानिटाइजर वितरण गरेर कोभिडबाट बच्न समुदायलाई सचेतना अभियान सञ्चालन गरेको थियो । यसपटक पनि रोटरियन सुरज सागोंछेले रक्तदान गर्नुभयो । सागोंछेले रक्तदान गरेको यो २१औँपटक हो । यसपटकको रक्तदानमा फिलिपिनो नागरिक आनाको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्