Logo
Logo

काठमाडौंमा बन्दुकसहित दुई पक्राउ




काठमाडौं, २५ पुस ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले परेवा सिकार खेल्दै गरेका २ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट २ थान भरुवा बन्दुक पनि बरामद गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं भीमसेन गोला घर भएका ४७ वर्षीय नवीनविक्रम शाही र ३८ वर्षीय विजयविक्रम शाही छन्।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानी एरियामा १२ बोल्डको २ नाले भरूवा बन्दुकबाट सिकार खेल्ने क्रममा १० वटा मृत परेवासहित निजहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्