Logo
Logo

फर्पिङको जङ्गलमा एकजोडी युवायुवती मृत फेला


2.3k
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको राससलाई जानकारी दिए । उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षको भएको बताए ।

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए ।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्