काठमाठौं । आर्थिक चलखेलका भरमा इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लाद्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।
संघका अध्यक्ष किरण पौडेल नेतृत्वको टोली बुधबार टंगालस्थित अख्तियार कार्यालय पुगेर इम्बोस्ड नम्बर प्लेटमा भएको आर्थिक चलखेल र अनियमितता छानबिन गर्ने माग गरेको छ ।

युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिइएको भन्दै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी नराख्नुको कारण माग गरेको छ । त्यस्तै, एक महिनाभित्रै इम्बोस्ड जडान गर्नुपर्ने किन र जनतामाथि अस्वाभाविक महँगी र दबाब दिइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको छ ।
इम्बोस्ड नम्बर प्लेटमा युवा संघ अध्यक्ष पौडेलले प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा चलखेल भइरहेको आरोप लगाए । इम्बोस्ड नम्बर प्लेट सम्बन्धी काम गर्ने विदेशी कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेको उनको भनाइ छ ।











