Logo
Logo

सिसडोलमा १७ वर्षदेखि काठमाडौंको अत्याचार


1.4k
Shares

काठमाडौं । काठमाडौं जनसंख्याका हिसाबले महानगर भए पनि पूर्वाधारका हिसाबले विकट छ । फरक के हो भने भौगोलिक रूपमा विकट गाउँमा हरिया पहाड हुन्छन्, काठमाडौंमा फोहोरको पहाड ।

उपत्यकाबाट हेर्दा सिसडोल वा बन्चरेडाँडाका बासिन्दाले असहयोग गरेको देखिन्छ, त्यहीं उभिएर हेर्दा राजधानीमा बसेको सरकारले अत्याचार गरेको देखिन्छ ।

खासमा फोहोर व्यवस्थापन गर्ने प्रक्रिया कसरी फोहोर भयो ? यसका लागि इतिहासदेखि वर्तमानसम्म मात्र होइन, राजधानीका घरघरका भान्सादेखि बन्चरेडाँडासम्मको यात्रा गर्नुपर्छ ।

काठमाडौं उपत्यकाका घरघरबाट दिनमा १२ सय टन फोहोर निस्कन्छ, टिपर ठूला र साना हुन्छन्, फोहोर पनि हिउँदमा हलुका र बर्खामा गह्रौं हुन्छ । त्यसैले औसतमा एउटा टिपरले साढे आठ टन फोहोर बोक्छ अर्थात् दैनिक औसत १ सय ५० टिपर फोहोर विसर्जन गर्नुपर्छ । त्यसमध्ये करिब आधा अर्थात् ५ सय ४५ टन फोहोर काठमाडौं महानगरको मात्र हो ।

काठमाडौंका १०, ललितपुरका तीन र भक्तपुरका तीन नगरपालिकाको फोहोर पनि यहीं मिसाइन्छ । भक्तपुर नगरपालिकाले फोहोर आफैं व्यवस्थापन गर्छ तर काभ्रेको बनेपा नगरपालिकाको फोहोर भने यतै ल्याइन्छ ।, यो समाचार आजको कान्तिपुरबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्