
काठमाडौं । पूर्व जनसंख्यामन्त्री मिथिला चौधरीको शुक्रबार राति निधन भएको छ ।
क्यान्सरबाट पीडित उनको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा चौधरी मन्त्री बनेकी थिइन् । त्यसबेला चौधरी नेकपा (संयुक्त)को सांसद रहेकी थिइन् ।
रामनारायणलाल दास र रुकमीनी कर्णकी छोरीका रुपमा २०२२ चैत्र ७ मा धनुषाको जनकपुरमा उनी जन्मिएकी थइन् । उनका श्रीमान, एक छोरा र दुई छोरी छन्











