
काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार शेर्पा ७ सय ३५ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १ सय २२ मत मात्रै पाए । संघको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत पाइन् ।
प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा विजयी बने । महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भए । प्रत्यासी आङपेम्बा शेर्पाले ३२३ मत पाए ।
सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे तथा सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भए ।











