Logo
Logo

प्रतापपुरले बनायो शिक्षा सुधारको पञ्चवर्षिय योजना


315
Shares

सुस्ता । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पञ्चवर्षिय शिक्षा योजना ल्याएको छ ।

गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, उपाध्यक्ष मानकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेसहित उपस्थितिमा योजना सार्वजनिक गरिएको हो । ‘हाम्रो इच्छा, प्रतापपुरमा प्रविधियुक्त बहुआयामिक शिक्षा’ मुल नारा लिएर २०८३÷०८४ सम्मको योजना बनाई शिक्षा सुधारका काम गर्ने पलिकाको योजना छ ।

‘शिक्षालाई मुल उद्देश्य राखेर अघि बढेको छु,’ यादव भन्छन्, ‘प्रतापपुरमा हेर्न लायकको शिक्षा र अनुभुति गर्न सकिने प्रबिधियुक्त बहुआयामिक शिक्षाको विकासमा लाग्नेछु ।’ गुणस्तरीय शिक्षा प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेको बताए ।

शिक्षा क्षेत्रमा गरिने क्रियाकलाप योजनाका आधारमा व्यवस्थित गरिने, शिक्षा प्राप्त गर्न पाउने हरेक बालबालिकाको अधिकारलाई साकार पार्न, शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकता दिदै अनुगमन र सक्षम व्यवस्थापनद्वारा लक्ष्य पूरा गर्ने प्रतिबद्धता उनले जनाए ।
पञ्चवर्षिय शिक्षा योजना बिद्यमान सरकारी निति, प्रतापपुर गाउँपालिकाको शिक्षा ऐन २०७७, शिक्षाका तथ्यांक, फ्ल्यास रिपोर्ट, प्रतापपुर गाउँपालिकाको शिक्षाको स्थिति प्रतिवेदन २०७८, शिक्षा विकास तथा समन्वय इकाईको शैक्षिक बुलेटिनलाई आधार बनाएएर तयार पारिएको छ ।

साथै प्रधानाध्यापक, विधालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, अभिभावक र अन्य शैक्षिक सरोकारवालासँग व्यपक छलफल गरिएको थियो । शिक्षा योजना बनाउन केयर नेपाल र बेस नेपाल नवलपरासीको प्राविधिक सहयोग रहेको शिक्षा शाखा प्रमुख यादवचन्द्र बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्