Logo
Logo

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


441
Shares

काठमाडौं । पूर्व पश्चिम राजमार्गस्थीत कञ्चनपुरको भाषीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रोकिराखेको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त–१ बाराकुण्डाका तेजसिंह धामी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ट्रयाक्टर चालक बेदकोट नगरपालिका–१० का राकेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्