
काठमाडौं । २ महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट बेलकोटगढी–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको छ ।
उनको शव अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे थियो । तर, बिहीबार शवको पहिचान खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











