Logo
Logo

पाँचथरमा ट्याक्टर दुर्घटनाः चालकको मृत्यु


630
Shares

काठमाडौं । पाँचथरको फालेलुङ गाँउपालिका–३ नाम्लुवामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पञ्चमुखीदेखि थोक्लिम्बातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक सुरेश साँवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडक छेउमा रहेको घरमा ठोकिएर तल झरेको थियो । साँवाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्