Logo
Logo

सितापाइलामा पाँचौं तलाबाट लडेर एक पुरुषको मृत्यु


3k
Shares

काठमाडौं । काठमाडौंको सितापाइलामा घरको छतबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ ।
शनिबार दिउँसो १ बजेतिर नागार्जुन नगरपालिका–४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनी आफ्नै घरको पाँचौं तलाबाट खसेका हुन् । ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा उनी घाइते भएका थिए । घाइते भएका उनलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्