Logo
Logo

एमालेले जितेका भन्दा हारेका ठाउँमा जित्यो : शंकर पोखरेल


3.1k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनले जितेको भन्दा हारेको ठाउँमा चुनाव जित्न सजिलो देखिएको दावी गरेका छन् ।

शनिार एमाले ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि बधाई तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जितेका ठाउँका तुलनामा हारेका ठाउँमा चुनाव जित्न सजिलो भयो । जहाँ हामीले जितेका थियौँ, त्यहाँ विपक्षीले जिते, बरु हारेका ठाउँमा हामीले जित्यौँ । यसले के प्रमाणित गर्छ भने हाम्रा काम जनताले निगरानी गरिरहेका रहेछन् ।’ उनले यसबाट पाठ सिक्नुपर्ने बताए ।

यस पटकको नतिजामा देशव्यापी रूपमा एमालेले अपेक्षाअनुसार नतिजा नल्याएको बताउँदै उनले भने, ‘देशव्यापी रूपमा परिणाम अपेक्षा गरेअनुसार भएन । गएको निर्वाचनका भन्दा प्रतिकुल भए । हामी ज्यादा आशावादी थियौँ । त्यो अपेक्षा अनुसार परिणाम प्राप्त भएन ।’

प्रतिक्रिया दिनुहोस्