Logo
Logo

दलीय व्यवस्थाको विकल्प छैन : नैनसिंह


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैरदलीयको उदय खहरे खोलाजस्तै भएको टिप्पणी गरेका छन् ।

शनिबार स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको समेत बताए ।

उनले भने, ‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ ।’ उनले कांग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ट्र्याकभन्दा बाहिर लिन खोजेपछि कांग्रेसले संविधान जोगाउन नेतृत्व लिएको महरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्