काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । भवन निर्माणका लागि बैंकले भवनको डिजाइज बनाउने सम्झौता गरेको हो ।

बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइजका लागि डिल्लीबजारको आर्किप्लान एसबिटी प्रालिसँग सम्झौता गरेको जनाएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटीका प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाले हस्ताक्षर गरेको जनाइएको छ ।
बैंकले हाल देशका ७६ जिल्लामा दुई सय ८८ शाखा, दुई सय ६० एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।











