Logo
Logo

एमालेको प्रश्न- प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा कि रक्षामन्त्रीको ?


819
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन माग गरेका हुन् ।

उनले परराष्ट्र मन्त्रालयभन्दा नेपाली सेना पनि यो भ्रमणमा जोडिएकाले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी हुनुपर्ने बताउँदै प्रश्न गरे, ‘प्रधानमन्त्रीको यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको ?’ उनले यसबारे सदनले थाहा पाउन जरूरी भएको बताए ।

प्रधानमन्त्रीको भ्रमणको औचित्य पुष्टी गर्न माग गर्दै ज्ञवालीले परराष्ट्र सम्बन्धका आधारहरु नभत्काउन माग गरे । उनले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हुन जरुरी छ । यससँग बाँझिने गरी तालिम वा अरु कुनै नाममा विदेशी सेनाको उपस्थिति हाम्रो संविधानले स्वीकृति दिदैन । नेपाललाई कुनैपनि अर्थमा भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी दुवै देशका सैन्य निकायबाट भइरहेको भन्दै ज्ञवालीले कुन हैसियतमा भ्रमणमा जान लागेको भन्ने तथ्य संसदलाई जानकारी गराउन मागसमेत गरेका छन् ।

तर, अहिलेसम्म प्रधानमन्त्रीको अमेरिका भ्रमण कहिलेदेखि र कुन कार्यक्रममा जाने भन्नेबारे औपचारिक जानकारी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्