Logo
Logo

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जरका समझदारी


441
Shares

काठमाडौं । नेपालको वित्तीय क्षेत्रलाई सबल बनाउने उद्देश्यसाथ नेपाल राष्ट्र बंैकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर÷एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारीपत्र (एमओयु)मा भएको छ ।

इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंकको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरी मर्जरका लागि २०७९ जेठ २७ गते औपचारिकरुपमा कार्य शुभारम्भ गरेका छन् । इन्भेष्टमेण्ट र मेगा बैंक दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंक हुन् ।

दुई बैंक एकआपसमा गाभिएपछि देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गर्ने अन्य बैंकलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिएको छ । मर्जरपछि बैंकको नाम “नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षका रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतका रुपमा ज्योतिप्रकाश पाण्डे रहने सहमति भएको छ ।

त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने जनाइएको छ । हाल इन्भेष्टमेण्टको चुक्ता पू‘जी रु १८.३१ अर्ब तथा मेगा बैंकको चुक्ता पू‘जी रु १६.१२ अर्ब रहेकामा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.३४.४३ अर्ब भई सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी हाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष रु. १४.८२ अर्ब तथा कर्जा लगानीतर्फ हाल रु. १७३.४६ अर्ब र मेगा बैंकको रु. ५.९२ अर्ब, कर्जा लगानीतर्फ रु. १५०.४६ अर्ब र निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्टको रु. १८२.०१ अर्ब र मेगाको रु. १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुने बताइएको छ ।

दुबै बैंकहरु एक आपसमा गाभिएपश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षले जानकारी गराएका छन् । यस रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्