Logo
Logo

कैलालीमा हावाहुरीले करोडौंको केरा खेती नष्ट


693
Shares

काठमाडौं । कैलालीको टीकापुर नगरपालिका–२ का शंकर विश्वकर्माले ८ बिघामा लगाएको केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ ।

उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शंकर निकै चिन्तित छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सकेका छैनन् । ‘१ हजार २ सय बढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्,’ शंकरले भने, ‘बारीमा गयो भने रुन मन लाग्छ ।’

टीकापुरकै दिनेश सुनारले यसै वर्ष केरा खेती शुरू गरेका थिए । उनले ८ बिघामा लगाएको केरा हावाहुरीले सोत्तर बनाएको छ । टीकापुरमा मात्रै हावाहुरीका कारण सय बिघा क्षेत्रमा लगाएको केरा पूर्णरुपमा नष्ट भएको अनुमान छ ।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई प्रमुख गोविन्दराज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्