Logo
Logo

मोहन्याल गाउँपालिका अध्यक्षले जिसस निर्वाचनमा मतदान गर्न नपाउने


1.3k
Shares

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई पत्र पठाउँदै उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग गर्न नदिन निर्देशन दिएको हो । उनले सोमबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा पनि मतदान गर्न नपाउने भएका छन् ।

उपाध्यायविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्