कैलाली । कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । धनगढी उपमहानगरका मेयर गोपाल हमालको सहयोगमा गठबन्धन दलका उम्मेदवार जिल्ला समन्वयको निर्वाचनमा निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पद बहादुर कलेलले १३ मत प्राप्त गरी विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत प्राप्त गरे ।
त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल १३ मतसहित विजयी भए । एमालेका राजेन्द्रप्रसाद खनालले १२ मत ल्याए ।
सदस्य पदको महिला तर्फका उम्मेदवार पनि गठबन्धनकी समाजवादीकी जानकीदेवी चौधरी, दिलु कामी, भावना चौधरी विजयी भएका छन् ।
एक जना दलित सदस्यमा नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल विजयी भएका छन् । तीन जनाको खुल्ला सदस्य पदमा नेपाली कांग्रेसका तेजबहादुर चन्द,बिर्खबहादुर बुढा, समाजवादीका लोकन्द्र शाही विजयी भएका छन् ।











