Logo
Logo

‘मिटरब्याजी’ रामदेव साहका छोरी पक्राउ


2.4k
Shares

काठमाडौं । सर्वसाधरणलाई ‘मिटरब्याज’ मा रकम दिई घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीका छोरी अनुराधा साह तेली पक्राउ परेका छन् ।

ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) ले आज पक्राउ गरेको हो ।

सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधाकुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको महाशाखाका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

साविकको खरहनी गाविस(५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो । त्यस लगत्तै जेठ २९ गते साहलाई इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।

बुवा रामदेव साह तेलीसँग मिलेर अनुराधाले मिटरब्याजमा पैसा दिने र त्यसबापत कैयौं गुणा बढी रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ । अनुराधाले बुवा रामदेवसँग मिलेर ठगी र आपराधिक विश्वासघात गरेको भन्दै अनुसन्धान प्रयोजनका लागि पक्राउ गरिएको हो ।

केही दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव लाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका थिए । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको गुनासोपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्