Logo
Logo

दीर्घरोगीका लािग इलाममा ‘स्वास्थ्योपचार कोष’


315
Shares

काठमाडौं । इलाम नगरपालिकाले दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्योपचार कोष स्थापना गर्ने भएको छ ।

कोषमा निर्वाचित नगरप्रमुखले मासिक ३ हजार, उपप्रमुखले मासिक २ हजार र कार्यपालिका सदस्यबाट मासिक १ हजार रुपैयाँ जम्मा गरिने जनाइएको छ । नगरप्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबाट पाउने सेवा–सुविधाबाट नै कटाएर जम्मा गर्ने निर्णय भएको नगरप्रमुख केदार थापाले जानकारी दिए ।

उनले इलाम नगरपालिकामा यस्ता बिरामीको संख्या बढ्दै गएको र कतिले आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्या भएको जनाउँदै कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट खाता सञ्चालन गरिने नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिए ।

उनले नगर कार्यपालिकाको बैठकले विभिन्न निर्णयसमेत गरेको जानकारी दिए । सोही बैठकले ५ वटा विषयगत समितिसमेत निर्माण गरिएको छ । इलाम नगरपालिका, विषयगत समिति कार्यसञ्चालन कार्यविधि, २०७८ को दफा ३ (१) बमोजिम समितिको संयोजक र सदस्य चयन गरिएको बताइएको छ ।

कार्यपालिका बैठक नगरपालिकाको फेसबुक पेज र इलाम चोक बजारमा राखिएको डिस्प्लेबाट समेत प्रत्यक्ष अडियो र भिडियो प्रसारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्