
काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ ।
वर्ग थपका लागि विभागले अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । applydl.dotm.gov.np मा लगइन गरी फारम भर्न सकिने विभागले जनाएको छ ।
यसअघि विभागले नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्रै आवेदन खुलाएको थियो ।
अब वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने विभागले जनाएको छ ।











