
काठमाडौं । रोल्पाको थवाङमा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपद्बाट बच्ने विश्वासका साथ असार १ देखि ५ गतेसम्म यो पर्व मनाउने चलन छ ।
भूमे पर्वका अवसरमा थवाङ गाउँपालिकाले बुधबार र विहीबार सार्वजनिक विदा दिएको छ । भूमे पर्व अगावै गाउँका युवायुवती जलजलामा फूल लिन जाने गर्दछन् ।
यसरी पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । जलजला देउतालाई शान्त पार्न यसरी फूल लिने र पूजा गर्ने चलन रहेको छ । असार १ गते भूमे पूजा गरिन्छ भने २ देखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन रहेको छ ।
आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नको लागि यो पर्व मनाइने गरेको स्थानीय अजय घर्तीमगरले जानकारी दिए । ‘











