Logo
Logo

महिलालाई कुटपीट गरेपछि लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली पक्राउ


7.2k
Shares

काठमाडौं । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशका स्वास्थ राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार छेउमा बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन् ।

मंगलबार बिहान ८ बजे एक्कासी घरमा पसेर कुटपीट गरेको स्थानीयले बताएका छन् । अर्काको घरभित्र गएर मन्त्री नै कुटपिटमा उत्रिएपछि नियन्त्रणमा लिनुपरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक स्वारले बताए । केहीअघि बिमला र मीनाका श्रीमान् एकराजबीच ‘प्रेम सम्बन्ध’ रहेको हल्ला बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्