Logo
Logo

किसानलाई पेन्सन यसैपालिबाट : कृषि मन्त्री यादव


252
Shares

काठमाडौं । कृषिमन्त्री महिन्द्र राय यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताएका छन् ।

सांसदले प्रतिनिधिसभामा उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’

किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने उनले बताए । सबै किसानको परिचय पत्र बनाउने, त्यसपछि कस्ता किसानलाई पेन्सन दिने भनेर वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने उनले बताए ।

‘यसैपालिबाट किसानलाई पेन्सन दिने कुरा बजेटमा गरिएको छ । यसका लागि कार्यविधि बनाउनुपर्नेछ । २०७९÷८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम ल्याएका थिए ।

कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्