Logo
Logo

बालविकास शिक्षकको तलब वृद्धि


3.5k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकाश शिक्षकको तबल वृद्धि भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले २०७८/७९ मा संघीय सरकारले दिँदै आएको ८ हजारमा २ हजार थप गरी १० हजार तलब बनाइएको बताएका हुन् ।

उनले भने– ‘चालु आर्थिक वर्ष २०७८/०७९ मा संघीय सरकारबाट ८ हजार र स्थानीय तहबाट ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो, बालविकाश शिक्षकको हकमा संघीय सरकारबाट २ हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’

उनले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्युनतम भौतिक पूर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्