Logo
Logo

प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाकाे सम्भावना


315
Shares

काठमाडौं । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसम बुलेटिन जारी गर्दै मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

बिहीबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार राती प्रदेश १ , मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्