Logo
Logo

निगुरो टिप्न गएकी रेखा बस्नेत बाघको आक्रमणबाट बेपत्ता


2.1k
Shares

चितवन । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका-२७ का २३ वर्षीया रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरेको हो ।

स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ । हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्