काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सके साना तथा मझौला उद्योगलाई सहयोग पुग्ने बताएका छन् ।

बिहीबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकासी प्रवद्र्धन गर्न स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्नुपर्ने बताए ।
उनले भने, ‘स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उत्पादन प्रवद्र्धन गर्न यस्ता एक्स्पो र व्यापार मेलाहरूले भूमिका खेल्नुपर्छ । यसबाट हाम्रो निकासी प्रवद्र्धनमा टेवा पुग्दछ ।’
नेपाली अर्थक्षेत्रमा चेम्बरले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकरात्मक रहेको उनको भनाइ छ ।














