Logo
Logo

एमालेलाई विरोधीले केही गर्न सक्दैन, हाम्रैभित्र सकुनीहरु निस्किए : ओली


945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पराजित हुनुपरेको बताएका छन् ।

बिहीबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई विरोधी शक्तिले हराउन नसक्ने भएपनि पार्टीभित्रैबाट घात गर्नेहरु निस्केको बताए ।

अंग्रेजले बंगाल आक्रमण गर्दा बंगालका सेनापति मिरजाफर र मिरकासिमले अंग्रेजलाई सहयोग गरेको उदाहरण दिँदै अध्यक्ष ओलीले भने, ‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झण्डै दुई तिहाइमा थियौँ । तर हाम्रैभित्रबाट सकुनीहरु निस्किए, मिरजाफरहरु निस्किए ।’

प्रतिक्रिया दिनुहोस्