Logo
Logo

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा


567
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्रीको विरोध गर्दै राजीनामा माग गरेको हो ।

एमालेका सांसद भानुभक्त ढकालले ३ दिनदेखि प्रतिनिधिसभाको ध्यानाकर्षण गराइरहेको बताउँदै अर्थमन्त्री बिचौलियाको चंगुलमा परेर करका दरहरू परिवर्तन गरेको र राष्ट्रघात गरेका कारणले राजीनामा दिनुपने बताए ।

अर्थमन्त्री शर्माको राजीनामा मागिरहँदा त्यसलाई बेवास्ता गरेर फेरि त्यही विषय ल्याइएको भन्दै एमालेले गम्भीर असहमति जनाएको छ । राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्दा अदालतले सफाई दिएपछि नै राजीनामा दिनुपर्नेमा त्यसपछि अर्थमन्त्री शर्मा झनै हौसिएको ढकालको भनाइ छ ।

उनले भने, ‘बिचौलियाहरूलाई करका दरहरू परिवर्तन गर्ने र राष्ट्रलाई आघात पार्ने जुन काम भएको छ । यो पछिल्लो गतिविधिबाट सरकारले अर्थमन्त्रीलाई हटाउन सकेको छैन । हामीलाई के संका लाग्छ भने अर्थमन्त्रीभन्दा माथि पनि यसका जराले धर गरेको छ कि भन्ने ठाउँमा हामी पुगेका छौं ।’ त्यसपछि एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्