Logo
Logo

प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित भएको छैन : गृहमन्त्री


567
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभएको बताएका छन् ।

संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खाणले प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित नभएको बताए ।

उनले मित्र देशको निम्तामा प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ कर्मचारीहरु जाने र आउने कुरा सामान्य भएकाले शंका नगर्न आग्रह गरे ।

उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तालिका बनिसकेपछि जानकारी गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्