Logo
Logo

सेनाले गरेको पत्राचार राजनीतिक नेतृत्वलाई थाहा थिएन : प्रदीप ज्ञवाली


4.6k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचार राजनीतिक नेतृत्वलाई थाहा नभएको दावी गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री र अरु राजनीतिक नेतृत्वलाई जानकारी नदिई नेपाली सेनाले पत्राचार गरेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक अन्तक्रियामा बोल्दै ज्ञवालीले २०७२ सालमा नयाँ संविधान बनेर सरकार परिवर्तन हुने वित्तिकैको संक्रमणको अवस्थामा सेनाले राजनीतिक नेतृत्वलाई थाहा नदिई पत्राचार गरेको हुन सक्ने बताए ।

सन् २०१५ मा सेनाले एसपीपीमा सहभागी गराउन अमेरिकालाई पत्राचार गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

उनले भने, ‘सेनाले के ठान्यो होला भने रक्षाले गो अ हेड भनेकै छ ।’ उनका अनुसार सेनाले एसपीपीमा सहभागी हुने विषयमा रक्षा मन्त्रालयसँग राय मागेको र रक्षा मन्त्रालयले पनि नबुझीकन अनुमति दिएको देखिएको छ । ज्ञवालीले भने, ‘रक्षा मन्त्रालयको प्रतिनिधि पनि राखेर अगाडि बढाउनू भनेर रक्षाले पत्र पठाएको देखिन्छ । यस्ता कुरामा परराष्ट्र मन्त्रालयको राय लिने वा कानुन मन्त्रालयको राय लिने गरेको देखिएन ।’

प्रतिक्रिया दिनुहोस्