Logo
Logo

मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै प्रदर्शन



काठमाडौं । ‘मिस नेपाल’ प्रतियोगिता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल महिला फेडरेशन, वैज्ञानिक समाजवादी महिला संगठन, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला युनियनले उक्त विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले मिस नेपाल २०२२ को ग्राण्ड फिनाले भइरहेको ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्र बाहिर विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।

सात महिला संघसंगठनले ‘महिला माल होइन, मान्छे हो’ भन्दै मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गरेका छन् ।
सुन्दरी प्रतियोगिताका सहभागी युवतीहरु यौन दुर्व्यवहारको शिकार भएको भन्दै उनीहरुलाई भित्री गुण र क्षमता तथा योग्यताभन्दा शरीरको बनावट, रुप र रंगमा जोड दिने सुन्दरी प्रतियोगिताको औचित्य नभएको उनीहरुको भनाइ छ । अहिले मिस नेपालको ग्राण्ड फिनाले भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्