Logo
Logo

सुर्यबिनायकमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु



भक्तपुर, २५ पुस । सूर्यबिनायकको सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल बुधबार आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जनाए । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएको र तामाङको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको र अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङको सोही अस्पतालमा उपचार जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्