Logo
Logo

‘विदेशका नेपालीको दूतावासबाटै मतदाता नामावली संकलन’


441
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् ।

काठमाडौंमा आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा उनले जहाँ गएर पनि नागरिकलाई मतदान गराउन आयोग सधैँ तयार रहेको बताए ।

‘बोल्न त धेरै सजिलो छ । कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु,’ उनले भने ।

आउँदो वर्षबाट विदेशमा भएकाको दूतावासबाटै अनलाइनबाट मतदाता नामावली संकलन गर्ने योजना रहेको पनि थपलियाले सुनाए । ‘यसकाे तयारी भइरहेकाे छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्