Logo
Logo

प्रधानमन्त्रीले अमेरिका भ्रमणबारेमा जवाफ दिने


504
Shares

फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणको बारेमा जवाफ दिने भएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा देउवाले जवाफ दिने भएका हुन् । बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दैछ ।

बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण बारेमा छलफल हुन बताइएको छ । यसअघि समितिले प्रधानसेनापति प्रभुराम शर्मा र परराष्ट्रमन्त्री नारायण खड्कासँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपिपी)बारेमा जवाफ लिएको थियो ।

अमेरिका भ्रमणका क्रममा एसपिपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवासँग जवाफ माग्न लागेको हो । पछिल्लो समय एसपिपी पेचिलो विषय बन्दै गइरहेको छ ।

तर, गठबन्धनका शीर्ष नेताहरू भने एसपिपीमा देउवाले सम्झौता नगर्ने आश्वासन दिइसकेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्