Logo
Logo

चलचित्र विकास वोर्डको अध्यक्षका लागि आवेदन माग



काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकले बोर्डको अध्यक्षका लागि आवेदन दिनसक्ने छन् ।

अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । यस्तै स्नातक तह उतीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने छ ।

साथै प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा काम गरेको हुनुपर्नेछ ।

बोर्डको अध्यक्षमा रहेका दयाराम दाहालको कार्यकाल सकिएपछि नयाँ अध्यक्षका लागि आवेदन माग गरिएको हामे । सरकाले २०७७ जेठ २३ गते बोर्ड सदस्यसमेत रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्