काठमाडौं । सत्ता गठबन्धनको बालुवाटामा बैठक जारी छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाए पनि गएनन् ।
यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा समेत प्रधानमन्त्री गएनन् ।
आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री नआएकोप्रति नेताहरुले आपत्ति जनाएका छन् । नेकपा एमालेका नेता भीम रावलले आफूले समेत हस्ताक्षर गरेर बनाएको प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाए ।
नेता रावलले बैठकले निर्णय गरेर प्रधानमन्त्री देउवाप्रति खेद व्यक्त गर्नुपर्ने बताउँदै एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन दिनुपर्ने बताए ।














