Logo
Logo

एभरेष्ट इन्स्योरेन्स विशेष साधारणसभा सम्पन्न


378
Shares

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा २०७९ असार २ गते बिहीबार अग्रवाल भवन कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभ्ने–गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साथै सम्पत्ति दायित्व मूल्यांकन (डिडिए) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान–प्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति तथा सेयर आदान–प्रदान अनुपातलगायतका सम्पूर्ण विशेष प्रस्ताव सर्वसम्मत पारित भएको छ । सभाले मर्जरपछि बन्ने संस्थाको नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ रहने प्रस्तावसमेत सर्वसम्मत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्