Logo
Logo

एसएसपी जोशी अमेरिकामा सम्मानित


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, १ असार ।
नेपाल प्रहरीका एसएसपी उमेशराज जोशी अमेरिकामा सम्मानित भएका छन् । क्यालिफोर्नियास्थित नेपाली कम्युनिटी सेन्टर (एनसिसी)ले आइतबार एक विशेष समारोह आयोजना गरि उनलाई सम्मान गरेको छ । अमेरिका भ्रमणमा गएका एसएसपी जोशीलाई नेपाल प्रहरीमा रही देश र समाजका लागि निर्भिक रुपमा योगदान गरेवापत सम्मान गरिएको आयोजक संस्था एनसिसिका अध्यक्ष तथा हिमालयन फाउन्डेसन कर्पका संस्थापक यज्ञलाल श्रेष्ठले बताए ।

नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख समेत रहेका एसएसपी जोशीले नेपाली कम्युनिटीबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताए । सम्मानले आफूलाई आफ्नो कर्तव्य र दायित्वप्रति अझ जिम्मेवार बनाएको उनको भनाई छ । समाज नयाँ शैलीको अपराधतर्पm उन्मुख भएकाले हरेक नागरिक सचेत हुनुपर्ने उनले बताए । एसएसपी जोशी नेपाल प्रहरीका इमान्दार र क्षमतावान प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।
उनको सम्मान कार्यक्रममा

समारोहमा एनसिसिका संस्थापक अध्यक्ष उत्तम कार्की, एनसिसिका अध्यक्ष यज्ञलाल, एनसिसिका महासचिव बालकृष्ण आचार्य, लायन्स क्लव इन्टरनेशनल डिस्टिक क्यालिफोर्नियाका पूर्व डिस्टिक गर्भनर राजेन थापा, एनआरएन एनसीसी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुन्दर मल्ल, फिल्म निर्देशक नारायण पुरी, एनआरएन एनसीसी युएसएका परिश्चम क्षेत्रीय उपाध्यक्ष सर्वज्ञ वाग्लेलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्