Logo
Logo

एनआइसी एसियाका ग्राहकलाई घातक रोगको बिमाबापत ३० लाख भुक्तानी



काठमाडौं । एनआइसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यु प्रिमियम सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ग्राहकलाई ३० लाख रुपैयाँ बिमा रकम भुक्तानी दिएको छ । बैंकले तीनजना ग्राहकलाई घातक रोगको बिमाबापत प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले कुल ३० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको हो ।

बिमा लाभ प्राप्त गर्नेमा इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बासडर’ श्रेणीको खाता खोलेकी रेनुदेवी चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बासडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यु प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘डाइमन्ड’ श्रेणीको खाता खोलेकी विमला दाहाल रहेको जनाइएको छ । उनीहरूलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको जनाएको छ ।

बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एक हजार ६० जनाभन्दा बढी ग्राहकले घातक रोग बिमाबापत दुई करोड १० लाख रुपैयाँ, दुर्घटना बिमाबापत ४० लाख रुपैयाँ र मेडिकल बिमाबापत दुई करोड ६१ लाख रुपैयाँ गरी कुल पाँच करोड ११ लाख रुपैयाँभन्दा बढी बिमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, १८ वटा घातक रोगहरूको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा पाँच वर्षसम्म ८४ लाख रुपैयाँसम्मका तीन बिमामा निःशुल्क सेवा दिएको जनाएको छ । यसका साथै तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता सञ्चालन गरिरहेको जनाइएको छ ।

यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बिमा, कर्जासम्बन्धी सुविधाहरूलगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, इ–कमर्स नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस–सी, आइपिएस–फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनीत गरेका अन्य तीन व्यक्तिका लागिसमेत पाँच वर्षका लागि पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था गरेको बैंकको दाबी छ ।

हाल बैंकले देशभरमा तीन सय ५९ शाखा, चार सय ७३ एटिएम, एक सय दुई विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्