Logo
Logo

कामना सेवाले आठ शौचालय सार्वजनिक प्रयोग गर्न दिने



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिकाभित्र रहेका आठ शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न दिने भएको छ । आप्mना शाखाका शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्नेसम्बन्धी सम्झौतामा बैंकले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको हो ।

काठमाडौं महानगर नगर कार्यपालिकाले सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु¥याउन गरेको आह्वानअनुरूप आफ्नो ऐक्यबद्धता जनाएको बैंकले उल्लेख गरेको छ । बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने शौचालयको सरसफाइ र आवश्यक सामानहरूको व्यवस्था सामाजिक उत्तरदायित्वअन्तर्गत स्वयंले गर्ने जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरूप बैंकले पनि ऐक्यबद्धता जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्