Logo
Logo

एमालेका कारण हेटौंडा उपमहानगरको नगरसभा स्थगित



हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बैठकमा नआएपछि शुक्रबार बोलाएको बैठक स्थगित भएको नगर प्रमुख मीनाकुमारी लामाले बताए ।

बैठक सुक्रबार बिहान १० बजेका लागि बोलाए पनि नगरसभामा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी नभएपछि बैठक स्थगित भएको हो । नगरसभामा ९५ जना सदस्य रहेका छन्। उक्त सदस्यमध्ये नगरसभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस्