Logo
Logo

ग्राण्डी अस्पतालमा एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीलाई छुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल प्रालिबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, डेबिट एवम् क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र अस्पतालको तर्फबाट मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट बैंकका करिब १६ लाख ग्राहकहरु लाभान्वित हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्