Logo

शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुन्छ : मुख्यमन्त्री पाण्डे



काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले आफ्नो पार्टीबाट मन्त्रीहरु फिर्ता हुने नहुने भोलि बेलुकासम्म थाहा पाउने बताए । उनले पार्टी कार्यालयमा पत्रकारसित कुरा गदै रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ हट्ने र अरु साथीहरु मन्त्री हुने बताए ।

एकीकृत समाजवादीले यी चार मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि एकीकृत समाजवादीमा विवाद बढेको छ । १० सांसदले मन्त्री हेरफेरको निर्णयविरुद्ध पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

एकीकृत समाजवादीले मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्