Logo
Logo

युवा संघले जलायो प्रधानमन्त्रीको पुत्ला



पोखरा । पोखरामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पोखरा, पृथ्वीचोकमा शुक्रबार साँझ शंख फुक्दै मसाल जुलुससहित नाराबाजी गरेको थिए । उनीहरुले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्