Logo
Logo

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


1.4k
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम हुने गरि मूल्य घटाएको छ ।

शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने जानकारी दिएका थिए । निगमले विज्ञप्ति निकाल्दै मूल्य समायोजन गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्